२९ असार, काठमाडौं । सोमबार सम्पन्न युरोकप २०२० को टिम अफ दी टुर्नामेन्ट घोषणा भएको छ । यूईएफएले मंगलबार घोषणा गरेको टिममा च्याम्पियन इटलीबाट सर्वाधिक ५ खेलाडी परेका छन् ।
वेम्बलीमा भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।
टिम अफ दी टुर्नामेन्टमा इटलीबाट गोलकिपर जियानलुगी डोनारुम्मा, डिफेण्डर लियोनार्दो बोनुची र लियोनार्दो स्पिनाजोला, मिडफिल्डर जर्गिन्हो र फरवार्ड फेडरिको किएसा छन् ।
यस्तै इंग्ल्याण्डबाट डिफेण्डर ह्यारी मग्वायर र केल वाल्कर तथा फरवार्ड रहिम स्टर्लिङ छन् । यसैगरी डेनमार्कबाट मिडफिल्डर पिएरे एमरिक होजवर्ग, स्पेनबाट मिडफिल्डर पेड्री तथा बेल्जियमबाट फरवार्ड रोमेलु लुकाकु छन् ।
यूईएफएको टेक्निकल अब्जर्भर टिमले टिम अफ दी टुर्नामेन्ट तयार पारेको हो ।
प्रतिक्रिया 4