+
+

गुल्मीको धुर्कोट बन्यो खरको छानामुक्त गाउँपालिका 

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते १८:११

२९ असार, गुल्मी । गुल्मीको धुर्कोटलाई खरको छानामुक्त गाउँपालिका घोषणा गरिएको छ । खरको छानामुक्त घोषणा भएसँगै धुर्कोट गाउँपालिका जिल्लाका १२ स्थानीय तहमध्ये पहिलो पालिका बनेको छ ।

जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले मंगलबार धुर्कोटलाई खरको छानामुक्त गाउँपालिका घोषणा गरेका हुन् । अहिले खरका छानामुक्त अभियान गुल्मीसहित देशभर सञ्चालन भएको छ । खरका छानामुक्त अभियानको पहिलो निर्णय र अभियान पूरा गर्ने देशभरका स्थानीय तहमा धुर्कोट पहिलो भएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले दाबी गरे ।

हालसम्म ५०४ वटा खरका छाना विस्थापित गरी जस्तापाताले छाइएको धुर्कोट अध्यक्ष पोखरेलले बताए । यसका लागि १ करोड ८१ लाख ९२ हजार २८७ रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

नागरिक सुरक्षित आवास कार्यक्रम मार्फत थप १५७ घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको पनि गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?