+
+

चोरी र लागूऔषध कारोबारमा प्रहरीकै संलग्नता

तीन घुमुवा प्रहरी निलम्वित

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते २०:०४

२९ असार, बुटवल । मोटरसाइकल चोरी र लागूऔषध कारोबारमा संलग्नता पुष्टि भएपछि दाङमा कार्यरत तीनजना घुमुवा प्रहरी निलम्बनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बनमा परेका हुन् ।

त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालाकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागूऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेका छन् ।

केसी, विक र पुनलाई पक्राउ पछि जिल्ला प्रहरी कार्यालय घोराहीमा थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । संगठनको आचरणविपरीत मोटरसाइकल चोरी र लागूऔषध कारोबारीसँग मिलेमतो देखिएपछि तीन जना घुमुवा प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?