Comments Add Comment

सरकारको प्रवक्तामा ज्ञानेन्द्र बहादुर कार्की

२९ असार, काठमाडौं।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलको पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री देउवासहित चारजना मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रधानमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिमण्डलमा गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment