+
+

डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा थप, पसल खोल्न पाइने

रासस रासस
२०७८ असार ३० गते १३:४७

३० असार, डोटी । डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जिल्लामा गत वैशाख महिनादेखि गरिएको निषेधाज्ञाको समयावधि थप गरिएको यो आठौं पटक हो । खुकुलो गरिएको निषेधाज्ञा अवधिमा डोटी जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने, बिहान ६ देखि राति ८ बजेसम्म पसल खोल्न पाइनेछ ।

निषेधाज्ञाको उल्लंघन गर्ने तथा अत्यावश्यक वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने जस्ता कार्य गर्नेलाई कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जनाएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?