Comments Add Comment

हत्या अभियोगमा कञ्चनपुरमा एक जना पक्राउ

३१ असार, काठमाडौं । बाँसको डण्डा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–१० तिल्केनीका ४२ वर्षीय वीरराम लुहारको हत्या गरेको अभियोगमा सोही ठाउँका २२ वर्षीय गिरधारी लुहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

आपसी झगडाका कारण गिरधारीले बाँसको डण्डा प्रहार गर्दा वीरराम गम्भीर घाइते भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रहरी चौकी जिमुवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएका वीररामको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment