+
+
Shares

कांग्रेसले बाढी पहिरो पीडितलाई प्रतिपरिवार २५ हजार दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १७:०६
फाइल तस्वीर

३१ असार, काठमाडौं । नेपाली कांग्रेसले २०७८ वैशाखदेखि यताका बाढी पहिरो पीडितलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने भएको छ । बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले तत्कालका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको समितिका संयोजक मोहन बस्नेतले जानकारी दिए ।

बाढी पहिरो पीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ यही असार ४ गते बसेको केन्द्रीय समिति बैठकले बाढी पहिरो पीडित विपद् व्यस्थापन केन्द्रीय समिति गठन गरेको थियो ।

बाढी पहिरो लगायतका प्राकृतिक विपद् सधैं आइरहने भएकाले नियमित क्यालेण्डर जस्तै गरी व्यहोर्नु परेकाले यसको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ समिति बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?