Comments Add Comment

व्यावसायिक सोच भएका २० जनालाई उद्योग संगठन मोरङले उद्यमी बनाउने 

३१ असार, विराटनगर । २० जनालाई उद्यमी बनाउने उद्देश्यसहित उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम शुरु गरेको छ । कार्यक्रम अन्तर्गत २० जनालाई १८ महिनामा उद्यमी बनाउने लक्ष्य राखिएको छ ।

संगठनले खुल्ला रुपमा आवेदन आह्वान गर्दै नवीन व्यावसायिक सोच भएका युवाहरुलाई समेट्ने बताएको छ । उद्योग संगठन मोरङ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाले कार्यक्रममा सहभागिताका लागि साउन ३२ गतेसम्मका लागि आवेदन माग गरेको छ ।

व्यवसायीहरुलाई उद्यमशीलताका लागि प्राविधिक तथा व्यावसायिक विकास र वित्तीय सहयोगका लागि उद्योग संगठनले सहजीकरण गर्नेछ । छनौटमा परेकाहरुलाई नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम मार्फत एक करोडसम्म लगानी गर्ने जनाइएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले कार्यक्रमका लागि प्रदेशस्तरबाटै आवेदन माग गरिएको बताए । छनोटमा परेकाहरुलाई योजना तर्जुमा, वित्तीय व्यवस्था, व्यवसाय दर्ता, कानूनी परामर्श, प्रशासनिक परामर्श, बजार व्यवस्थापन तथा ब्राण्डिङ लगायत विषयमा परामर्श पनि दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment