Comments Add Comment

चिनियाँ तन्नेरीको ‘सुन्दर’ बन्ने लहड : किन उठाउँदैछन् जोखिम ?

कस्मेटिक सर्जरीको अनौठो धन्दा

सुन्दर अर्थात आकर्षक देखिनु मान्छेको नैसर्गिक गुण हो । सबैलाई लाग्छ, आफ्नो रुपरंग बान्की मिलेको होस् । यद्यपि कस्तालाई सुन्दर भन्ने ? यसमा सबैको एकमत छैन । भूगोल, समुदाय, संस्कृति अनुसार ‘सुन्दरता’को मानकमा पनि विविधता छ । आखिर जे भएपनि सबैलाई सुन्दर देखिनु नै छ ।

यसमा चीनका तन्नेरीहरु किन पो अपवाद हुन्थे ।

उनीहरु अहिले आफ्नो सुन्दरतामा थप निखार ल्याउन नयाँ नयाँ विधीहरु अपनाउन थालेका छन् । पछिल्ला समय त्यस्ता केही विधी प्रचलनमा छन्, जसबाट मान्छेले आफ्नो रुपरंगको मर्मत–संभार गर्न सक्छन् । यसै सन्दर्भमा बिबिसीमा एउटा फिचर छापिएको छ ।

कस्मेटिक सर्जरीको लहड

आफ्ना केही साथीसंगी झै २३ बर्षका रक्सिन हरेक दिन आफ्नो सोशल मिडिया फिड स्क्रोल गर्छन् । उनी यसमा के खोजिरहेका छन् ? संभवत अरु मान्छेले भन्दा फरक कुरा ।

खासमा उनलाई कस्मेटिक सर्जरीको बारेमा जान्नुछ । त्यसको नयाँ प्रविधि र तौरतरिका बुझ्नुछ । हरेक स्क्रोलसँगै उनी यसैसँग सम्बन्धित नयाँ कुरा जान्ने प्रयासमा छिन् ।

रक्सिन ‘डबल आइलिङ’ सर्जरी गर्नेबारे सोच्दैछिन् । जहाँ सर्जनले आँखाको ढक्कनमा एक क्रिज बनाउँछन् । सामान्यतः यो सर्जरीले आँखालाई ठूलो देखाउन सहयोग गर्छ ।

चीनको गुआंगाचोमा बस्ने रक्सिन हरेक दिन यसका लागि गेंगमेई एप लगइन गर्छिन् । गेंगमेई चिनिया शब्द हो । यसको अर्थ हुन्छ, अधिक सुन्दर ।

चीनमा केही यस्ता सोशल मिडिया प्लेटफर्म छन् । गेंगमेई त्यसमध्ये एक हो, जहाँ प्रयोगकर्ता प्लाष्टिक सर्जरी जस्ता लिपोसक्शन र नाक खोप्नेबारेको जानकारी शेयर गर्छन् । २०१३ मा सार्वजनिक गेंगमेईमा १० लाखबाट बढे.र ३ दशमलव ६ करोड प्रयोगकर्ता पुगेका छन् । त्यसमा अत्याधिक प्रयोगकर्ता युवती छन् । त्यसमा पनि २० बर्ष मुनीका ।

यस एप्स र शोसल मिडिया प्लेटफर्ममा सक्रिय प्रयोगकर्ता, सब्सक्राइबर्स र फलोआर्सको संख्याबाट नै यसको लोकप्रियताको भेउ पाउन सकिन्छ । यसको अर्को कारण के भने, चीनमा कस्मेटिक सर्जरी तिब्र रुपमा लोकप्रिय हुँदैछ ।

अमेरिकापछि चीन दोस्रो देश हो, जहाँ सर्वाधिक कस्मेटिक सर्जरी हुन्छ ।

डेलाइटको एक रिपोर्ट अनुसार बितेको चार बर्षमा चीनमा कस्मेटिक सर्जरीको बजार तीन गुणा बढेको छ । सन् २०१९ मा यो १७७ अर्ब डलरको थियो, जसमा २८.७ प्रतिशतको दरले बर्षेनी बृद्धि भयो । जबकि वैश्विक स्तरमा यो दर ८ दशमलव २ प्रतिशत छ ।

यसबाट नै अन्दाज लगाउन सकिन्छ कि चीनमा कस्मेटिक सर्जरी कसरी लोकप्रिय भयो ।

द ग्लोबल टाइम्सका अनुसार यो क्रम जारी रहने हो भने यसै दशकको मध्यसम्म चीन विश्वमै कस्मेटिक सर्जरीको सबैभन्दा ठूलो बजार बन्नेछ । यससँगै अन्य किसिमको सर्जरी पनि त्यहाँ लोकप्रिय छ ।

यसका साथसाथै चीनमा अलग अलग समयमा अलग अलग चलन लोकप्रिय भयो ।

कडा नियमको जरुरत

तर, यसको सकारात्मक पक्ष मात्र छैन । कस्मेटिक सर्जरीको बजारमा जुन उछाल आएको छ,  त्यसको नोक्सान पनि छ ।

ग्लोबल टाइम्सको रिपोर्ट अनुसार २०१९ मा चीनमा ६० हजार भन्दा बढी बिना लाइसेन्सवाला कस्मेटिक सर्जरी क्लिनिक थियो । बिना लाइसेन्सवाला यी क्लिनिक हरेक बर्ष लगभग ४० हजार बढी ‘चिकित्सकिय दुर्घटना’का लागि जिम्मेवार थियो ।

यसमा हाइ प्रोफाइल घटना पनि बाहिर आयो, जसमा एक अभिनेत्री गाओ लियुले आफ्नो कस्मेटिक सर्जरीको तस्विर अनलाइनमा शेयर गरेकी थिइन् । तस्विरमा देखिन्थ्यो, उनको नाक पूर्ण रुपमा बिग्रिएको ।

उनले यो गल्ती सच्याउन पुन सर्जरी गर्नुपर्ने थियो । जबकि यसअघि नै उनले सर्जरीका लागि ४ लाख युआन भन्दा बढी खर्च गरिसकेकी थिइन् । उनको उजुरी पछि क्लिनिकका सर्जनलाई कारबाही गरियो । साथै ४९ हजासर युआनको जरिवाना तिराइएको थियो । तर, इन्टरनेट युजर्सका अनुसार यो जरिवाना काफी थिएन । एक प्रयोगकर्ताले लेखेका थिए, ‘यो कसैलाई अपाङ बनाउने सजाय हो ।’

पछिल्लो महिना चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिना लाइसेन्सवाला कस्मेटिक सर्जरी प्रदायकको पहिचानका लागि अभियानको घोषणा गरेका छन्, जसबाट ग्राहकको उजुरी चाडो भन्दा चाडो जाँच गर्न सकियोस् ।

 

जोखिम किन ?

चीनका तन्नेरीहरु आफ्नो रुपरंगप्रति धेरै नै ख्याल राख्छन् । यही कारण सुन्दर बन्न कस्मेटिक सर्जरी गरिरहेका छन् । सौन्दर्यको आदर्श मानक अनुसार आफ्नो रुपरंग बदल्ने प्रवृत्ति देखिएको छ । यो केवल आफ्नै आनन्दका लागि मात्र नभई जागिरका लागि पनि जरुरी भएको छ ।

चीनमा मान्छेले रोजगारीको आवेदनसँगै आफ्नो फोटो पनि पठाउनुपर्छ । कतिपय आवेदनमा आवेदकको शारीरिक बनौट यस्तो हुनुपर्छ भनी सर्त समेत राखिएको हुन्छ ।

अहिलेको बद्लिदो समाजमा लुक्सले पनि महत्व राख्न थालेको छ । जबकि विगतमा यस्तो थिएन ।

सुन्दरतादेखि कुरुपसम्म

चीनको टेब्लोइड कल्चर पनि यसका लागि जिम्मेवार हुनसक्छ । न्युज पब्लिकेशन अक्सर चर्चित व्यक्तिहरुको अपियरेन्सलाई लिएर आलोचना गरिरहेका हुन्छन् ।

यसै बर्षको सुरुआतमा संघाइमा एक आर्ट प्रदर्शनी गरिएको थियो, जसमा महिलाको तस्विर ‘सबैभन्दा सुन्दरबाट सबैभन्दा कुरुप’सम्मको क्रम मिलाएर राखिएको थियो । प्लाष्टिक सर्जरीकै बारेमा किताब लेखिरहेका एक फोटोग्राफर लु यू फैनले भनेका छन्, ठूलो भएपछि मान्छे आफ्नो लुक्सलाई लिएर एकदमै स्पष्ट हुन्छन् । उनका अनुसार उनका आफन्त टेलिभिजन अभिनेत्री जस्तै देख्न चाहन्थे । तर, उनी सुन्दर अभिनेत्री जस्तो होइन, हाँसउठ्दो चरित्र निभाउने अभिनेत्री जस्तै भएकी थिइन् ।

बिबिसीबाट भावनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment