+
+

सेयर बजारमा नयाँ रेकर्ड, नप्से परिसूचकले उच्च विन्दु छोयो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ४ गते ११:२९

४ साउन, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार खुल्ने बित्तिक्कै ५० अंकले बढेको बजारमा नेप्से परिसूचक तीन हजार ३२ अंकमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सवैभन्दा उच्च बिन्दू हो ।

यसअघि जेठ ३१ गते नेप्से परिसूचक तीन हजार २५ अंकमा पुगेको थियो । त्यसपछिका एक महिना १५२ अंकले घटेको बजारमा आइतबारदेखि तीव्र सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ९७.२१ अंकले बढेको थियो ।

सोमबारको कारोबारमा नयाँ रेकर्ड कायम हुँदा बजारमा ५० करोड बढीको कारोबार भएको थियो ।  कारोबारमा आएका १३ उपसूचकमध्ये ११ वटा सूचकमा हरियाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?