Comments Add Comment

ओलीको कटाक्ष- देउवा सरकार टालाटुली बटुली, कति राम्री पुतली

४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका छन् । केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै देउवाले पाएको विश्वासको मतलाई ओलीले कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका हुन् ।

‘देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली, कति राम्री पुतली भन्ने खालेको हो,’ ओलीले कटाक्ष गरे । देउवा सरकारले अब सत्ताको दुरुपयोग गरी एमालेमाथि हमला शुरु गर्ने उनले बताए ।

‘जनविरोधी काम शुरु गर्छन् । हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षड्यन्त्र र आक्रमण अनुमान गरेका छौं,’ ओलीले भने । काँग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने पार्टी भएको ओलीले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment