Comments Add Comment

पक्की पुल नहुँदा मदनभण्डारी राजमार्गको सिमलटारी-पुर्कोट क्षेत्रमा सास्ती

५ साउन, गुल्मी । गुल्मी जिल्लाको क्षेत्रनम्बर-२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्युठानसम्म पुग्ने सडकखण्डमा पुल नहुँदा यात्रुले हैरानी खेप्नु परेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने तम्घासदेखि सिमलटारीसम्म विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको हो ।

या सडक खण्डमा पाँचवटा खहरे खोलामा पुल छैनन् । सदरमुकाम तम्घासबाट पश्चिमतर्फको यो व्यस्त खडक हो । तर पुल नहुँदा वर्षातको समयमा सदरमुकाम तम्घास आउ-जाउ गर्न समस्या हुने गर्छ ।

राजमार्गका गुर्वा, हुलाके, धनार्जी, चौरासी र सिमलटारी नजिकैको खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधानहरु र पैदल यात्रुलाई समेत आउजाउ गर्न सक्दैनन् । ठूलो पानी परेपछि साना सवारी साधान र नागरिकले खोला तर्न सक्दैनन् ।

खोला पार गर्न उतिकै जोखिम पनि छ । खहरे खोला बढ्दा स्थानीयवासीले बर्खाको समयमा स्वास्थ्य सेवाबाट समेत बञ्चित हुनुपरेको छ ।

करोडौं खर्चिएको पक्की सडकमा पक्कि पुल नबन्दा बाटो बनेजस्तै नलागेको बताउँछन् । जनता समाजवादी पार्टी गुल्मीका उपाध्यक्ष घनश्याम पाण्डे । बर्खामा यात्रा गर्दा आँकाश हेरेर हिँड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

कोरोना, गर्भवती, सुत्केरीलगायतका बिरामीहरु लिएर हिँड्नका लागि निकै समस्या परेको स्थानीय प्रर्मिला कार्कीको भनाइ छ । यसतर्फ सरोकारवालाको ध्यान जानुपर्ने उनले बताइन् ।

तम्घास सिमलटारी सडकमा वर्षातमा सधैं यस्तै समस्या आउने गरेकाले सम्बिन्धित निकायको ध्यान जानुपर्ने रेसुङ्गा नगरपालिका-२ का झबिन्द्रलाल भण्डारीले बताए ।

राजमार्गमा पक्की पुल नहुदा वर्षातमा दैनिक उपभोग्य सामग्री लैजान समस्या परेको व्यवसायी रेमलाल पाण्डेले बताए । वर्षातमा सामग्री लैजाँदा सामानहरु कैयन् पटक खोलामा डुबानमा पर्ने गरेको पाण्डेले बताए ।

मदन भण्डारी राजर्माग आयोजना कार्यालय गुल्मीका प्रमुख सशांंक मिश्रले यस आर्थिक वर्षमा पाँच वटा स्थानमा पक्की पुल बन्नका लागि ठेक्का हुने बताए । पक्की पुल बनाउनको निम्ति सबै पक्रियाहरु अगाडि बढिसकेको उनको भनाइ छ ।

राजमार्गको विभिन्न खहरे खोलाहरुमा पहिलो प्राथामिकतामा राखेरै पक्की पुलको लागि काम अगाडि बढाइएको उनले बताए ।

तम्घास सिमलटारी, पुर्कोट हुँदै प्युठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम दुई वर्षअघि सम्पन्न भैसकेको छ । सडक कालोपत्रे गर्न ०७२ सालदेखि कालिका कन्ट्रक्सनले निर्माणको काम गरेको थियो ।

तम्घासबाट सिमलटारीसम्मको सडक ०४३ सालतिर सडकको ट्याक खोल्ने कार्य भएको थियो । सडकको ट्याक खोलेको ३० वर्षपछि मात्रै कालोपत्रे भएको हो ।

सडक झण्डै एक अबरको लागतमा कालोपत्रे कार्यसम्पन्न भएको थियो । सडक कालोपत्रे भएपछि धुर्कोट, मदाने मालिका, इस्मागाउँपालिका र छिमेकी जिल्ला प्युठानसम्म पुग्ने स्थानीय प्रत्यक्ष लाभान्वित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment