+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

चीनमाथि गम्भीर साइबर हमलाको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ५ गते १३:२०

अमेरिका, बेलायत र युरोपेली युनियनले यस वर्षको सुरुआततिर भएको माइक्रोसफ्ट माथिको एक व्यापक साइबर आक्रमणमा चीनको हात रहेको आरोप लगाएका छन् ।

माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमाथि भएको उक्त साइबर हमलाबाट विश्वका ३० हजारभन्दा धेरै संस्थाहरु प्रभावित भएका थिए ।

बेलायतले यो आक्रमणका लागि चीन सरकारद्धारा समर्थित पक्षहरुलाई जिम्मेवार ठहराएको छ । त्यस्तै युरोपेली संघले भने यो आक्रमण चिनियाँ क्षेत्रबाट गरिएको जनाएको छ ।

चीनको राज्य सुरक्षा मन्त्रालयमाथि पनि व्यापक जासुसी गतिविधिहरु सञ्चालन गरेको र दुस्साहसपूर्ण काम गरेको आरोप लागेको छ ।

चीनले भने यस्तो खाले आरोपहरु अस्वीकार गर्दै कुनै पनि रुपमा साइबर अपराधको आफूले विरोध गर्ने जनाएको छ ।

निकै गम्भीर घटना

पश्चिमा मुलुकहरुको बेइजिङविरुद्धको पछिल्लो एकीकृत अभियोगले यो साइबर हमलाको घटनाको गाम्भीयर्ता पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ । पश्चिमा खुफिया अधिकारीहरुले यो घटनाका असरहरु हालसम्मकै सबैभन्दा गम्भीर रहेको बताएका छन् ।

अमेरिका र बेलायतले पहिले देखि नै अन्य देशहरुद्धारा सञ्चालन हुने साइबर हमलाको विरुद्धमा खुलेर अगाडि आउने गरेका छन् ।

तर यस घटनामा युरोपेली संघले चीनको नाम नै लिएपछि यो ह्याकिङको घटनालाई निकै गम्भीरताका साथमा लिएको जनाउ दियो ।

चिनियाँ ह्याकर ग्रुप हाफनियमले गत जनवरी महिनामा माइक्रोसफ्ट एक्सचेन्जमाथि साइबर हमला शुरु गरेको थियो । यो साइबर आक्रमणबाट व्यक्तिगत जानकारीहरु तथा बौद्धिक सम्पत्तिहरु समेत ह्याकरहरुले हात पारेका बेलायतले जनाएको छ । यो आक्रमण खासगरी मुलुकहरुको रक्षा मन्त्रालयसँग विभिन्न करार सम्झौता गरेका कम्पनीहरु, थिंक ट्यांक तथा विश्वविद्यालय जस्ता संस्थाहरुप्रति लक्षित देखिएको छ ।

बेलायतको राष्ट्रिय साइबर सेक्योरिटी सेन्टरले ७० भन्दा धेरै प्रभावित संस्थाहरुलाई उनीहरुको विशेष स्थितिको अनुरुप सुझाव दिएको छ ता कि उनीहरु यो आक्रमणको सामना गर्न सकून् ।

बेलायतले के भन्यो ?

बेालयतका विदेशमन्त्रीले चीन समर्थित समूहहरुले माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरेको हमला दुस्साहसपूर्ण रहेको बताएका छन् । चीन सरकारले यस्तो प्रणालीबद्ध साइबर हमलासँग सम्बन्धित गतिविधिहरु बन्द गर्नुपर्ने र त्यसो नगरेमा यसका लागि जिम्मेवार ठहराइने उनको भनाइ छ ।

चीन सरकारले उसको दुस्साहसपूर्ण अभियान बन्द गर्नाक लागि लगातार गरिएको आह्वानलाई नजरअन्दाज गरेको र साइबर हमला गर्नका लागि अनुमति प्रदान गरिरहेको बेलायतको विदेश मन्त्रालयको भनाइ छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?