+
+

मकवानपुरमा ८१ किलो गाँजासहित ट्रक चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १०:५०

६ साउन, काठमाडौं । मकवानपुरमा प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको छ।

राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगीलाई ना८ख ८२८४ नम्बरको ट्रक र गाँजासहित बुधबार बिहान करीब ३ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले नेगीलाई मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट उनलाई नियन्त्रणमा लिएको हो ।

सडकमा शंकास्पद अवस्थामा रोकिराखेको ट्रकलाई चेकजाँच गर्दा पछाडि ढालामा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?