+
+
Shares

बर्दियाका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते १३:१५

७ साउन, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बाँकेको भेरी अस्पतालमा एकजना पुरुषको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दियाको गेरुवा गाउँपालिका–१ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

उनका अनुसार उनीमा साउन ३ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार बिहान ५ः३० बजे मृत्यु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?