
७ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री शेरबहादुर देउवा जनादेशकै प्रधानमन्त्री भएको बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै रायमाझीले प्रधानमन्त्री देउवा प्रतिनिधिसभाको विश्वास पाएका प्रधानमन्त्री भएको बताएका हुन् ।
१४६ जना सांसदले समर्थनमा हस्ताक्षर गरेर अदालतमा गएपछि सर्वोच्चले प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको उल्लेख गर्दै उनले पुनर्स्थापित प्रतिनिधिसभाका १६५ जना सदस्यले विश्वासको मत दिएसँगै सरकार जनादेशको बनेको धारणा राखे ।
‘यो परमादेश भनेको जनादेश नै हो । सर्वोच्चले परमादेश जारी गरेकोमा १६५ जना माननीयको समर्थन भयो । सर्वोच्च अदालतले गरेको निर्णय सही रहेछ भन्ने प्रमाणित भयो नि, उनले भने, ‘त्यसकारण म यहाँबाट ती पाँच जना श्रीमानहरुलाई स्यालुट गर्न चाहन्छु । जसले संविधान बचाए ।’
रायमाझीले ओली नेतृत्वको सरकार आफ्नै कुकर्म र अकर्मण्यताका कारण ढलेको दाबी गरे ।
प्रतिक्रिया 4