+
+

विपद् व्यवस्थापनमा प्रदेश र स्थानीयसँग सहकार्य गर्न गृह मन्त्रालयलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते १९:३५
फाइल तस्वीर

७ साउन, काठमाडौं । राज्य व्यवस्थापन तथा सुशासन समितिले विपद् व्यवस्थापनको कार्यलाई तीनै तहका सरकारसँग आवश्यक समन्वय, साझेदारी र सहकार्य मार्फत् अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बिहीवार बसेको बैठकले विपद्को पूर्वानुमान, पूर्व तयारी, प्रविधि, शिक्षा, उपकरण, श्रोत र नियमित सक्रियताका साथ प्रभावकारी ढंगले अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन दिएको सभापति शशी श्रेष्ठले बताइन् ।

विपद् जोखिम न्यूनिकरण गर्न आवश्यक व्यवस्था एवं पहल गर्न तीनै तहका सरकारहरुसँग समन्वय, साझेदारी र सहकार्य गर्न आवश्यक रहेको सभापति श्रेष्ठले बताइन् । साथै उनले विपद् व्यवस्थापनको कार्यलाई उच्च प्राथमिकतामा राखेर विपद् एवै जोखिमका सूचनाको पूर्वानुमान गर्न सक्ने यथार्थ तथ्यांक, सूचना,एवं जानकारी पारदर्शी रुपमा सबै नागरिकहरुले जुनसुकै बेला जहाँ र जहिले पनि प्राप्त गर्न सक्ने गरी आवश्यक प्रवन्ध गर्न गृहमन्त्रालयलाई समितिले निर्देनशन दिएको बताइन्।

समितिले विपद् व्यवस्थापनको कार्यक्रम सञ्चालन गर्दा सरकारी एवं गैह्रसरकारी पक्ष लगायत नागरिकहरुबीचको सहकार्य साझेदारी कायम गर्दै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको भूमिकालाई साधन श्रोत, प्रविधिक एवं जनशक्तिको प्रवन्धसहित सशक्त र प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएको पनि बताइन् ।

त्यस्तै बैठकले नेपाल सरकारबाट घोषणा गरिएका मनाङ र सिन्धुपाल्चोक जिल्लाका विपद् ग्रस्त क्षेत्रहरुलाई विपद् व्यवस्थापनको नमूना क्षेत्रको रुपमा विकास गर्न पनि निर्देशन दिएको छ ।

अहिलेको विपद्बाट क्षतिग्रस्त भएको मनाङ र सिन्धुपाल्चोक र दार्चुला लगायत अन्य जिल्ला तथा क्षेत्रहरुमा अवरुद्ध भएका स्थानीय पूर्वाधारहरु शीघ्र मर्मत तथा सुचारु गरी सम्वद्ध निकायहरुबीच समन्वय गर्दै राहत र उद्धार क्षतिपूर्ति गर्ने र (एकीकृत बस्ती) सुरक्षित स्थानमा बस्ती स्थानान्तरणलाई उच्च प्राथमिकता दिँदै उच्च तदरुकताका साथ विपद् जोखिम न्यूनीकरणको कार्यलाई अघि बढाउने र समितिले यसअघि दिएका निर्देशनहरु कार्यान्वयन भए नभएको अनुगमन गर्न निर्देशन दिएको पनि सभापति श्रेष्ठले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?