Comments Add Comment

प्रधानमन्त्री देउवालाई सांसद लिङ्देनको सुझाव : सुशासन दिनुस्, नराम्रो नभन्नुस्

फाइल तस्वीर

८ साउन, काठमाडौं । राप्रपा सांसद राजेन्द्र लिङ्देनले सरकारसँग जनताको ठूलो अपेक्षा नभएको बताए । साना सुधारका काम गरे मात्र पुग्ने उनले बताए ।

संसदको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा लिङदेनले भने, ‘यो सरकारसँग ठूलो आशा गरेका छैनौं । स–साना कुरामा सुधार गरे पुग्छ ।’

चार पटक आफ्नो सरकार बन्दा र अघिल्लो सरकारले के–के कमजोरी गर्‍यो, त्यही नदोहोर्‍याए पुग्ने उनले बताए । तावाबाट उम्किएको माछा भुंग्रोमा नपरोस् भन्ने मात्र जनताले चाहेको उनले सुनाए ।

पार्टीको बैठक बालुवाटारमा नगर्ने निर्णय गरेर सुखद शुरुवात गरेको भन्दै उनले अघि भने, ‘आज पनि धेरै माग्ने कुरा छैन, सुशासन दिनुस्, नराम्रो नभन्नुस् ।’

उनले पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा मनाउने निर्णय गर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment