Comments Add Comment

टोकियो ओलम्पिक : सुटिङकी कल्पनाले राष्ट्रिय कीर्तिमानमा सुधार गरिन्

९ साउन, काठमाडौं । नेपाली सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिक-२०२० मा राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् ।

शनिबार भएको महिला १० मिटर एअर राइफल इभेन्टको छनोट चरणमा उनले ६१६.८ स्कोर गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

तर कुल ५० खेलाडी मध्ये ४६औं स्थानमा रहेकी उनी पहिलो चरणबाटै बाहिरिइन् ।

कल्पनाले यसअघि १३औं दक्षिण एसियाली खेलकुद सागमा ६१४.५ स्कोर गर्दै कीर्तिमान बनाएकी थिइन् । १३औं सागमा उनी चौथो भएकी थिइन् ।

टोकिया-२०२० अन्तर्गत शनिबार बिहान आसाका सुटिङ रेन्जमा कल्पनाले ६१६.८ स्कोर गर्दै कीर्तिमान सुधारिन् तर अघिल्लो चरण पुग्न सकिनन् ।

छनोटबाट शीर्ष ८ स्थानमा रहने खेलाडी मात्र फाइनलमा प्रवेश गरेका छन् ।

कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरिन् । अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरेकी उनले १००.७ स्कोर गरिन् । उनले समग्रमा ६१६.८ स्कोर गरिन् ।

कल्पना वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी थिइन् ।

आजै नेपाली जुडो खेलाडी सोनिया भट्टले महिला ४८ केजीमा प्रतिस्पर्धा गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment