Comments Add Comment

नीमा शिक्षा फाउन्डेसनको अनलाइन शिक्षा प्रणाली ‘नीमा एकेडेमी’

काठमाडौं l ‘नीमा एकेडेमी’ नीमा शिक्षा फाउन्डेसनको एउटा बिल्कुलै नयाँ अनलाइन शिक्षा प्रणाली हो । यो नवीन तथा आधुनिक शिक्षा प्रणालीले परम्परागत शिक्षा प्रणालीलाई डिजीटलाइज गरी अपग्रेड गरेको छ ।

नीमा एकेडेमी वेबसाइट र एपमा उपलब्ध छ।

यसले इन्टरनेटको प्रयोग मार्फत या इन्टरनेटविनानै विद्यार्थी र शिक्षक/ शिक्षिकालाई पठन-पाठनमा धेरै सहयोग गरेको छ ।

यसले पठन-पाठनलाई रमाइलो र अन्तरक्रियात्मक बनाएको छ जसले गर्दा बिद्यार्थीहरुलाई पढेको कुरा सम्झिन सजिलो हुन्छ भने यता शिक्षक/ शिक्षिकाहरुको पनि आफ्नो शिक्षण अभ्यासहरूलाई परिष्कृत गर्दछ।

यसले परम्परागत शिक्षा प्रणालीमा सुधारको क्षेत्रहरू पहिचान गरेर समाधान ल्याउने प्रयास गरिरहेको छ र प्रभावकारी रणनीतिहरूको योजना बनाएर प्रत्येक विद्यालयलाई शिक्षण सामग्री प्रदान गरी मद्दत गर्दछ।

नीमा शिक्षा फाउन्डेसनका सबै सदस्यहरूले राम्रो समन्वयको लागि शिक्षक, विद्यार्थी र अभिभावकलाई सहयोग गर्न समान प्रयास गरिरहेका छन् ।

नेपाली शिक्षा प्रणालीलाई डिजीटलाइज गर्दै सबैका लागि र सबै ठाउँमा शिक्षालाई सस्तो र पहुँच योग्य बनाउने र नेपालमा शिक्षाको स्तरबढाउने उदेश्यको साथ् नीमा शिक्षा फाउन्डेसन अग्रसर छ ।

नेपालमा परम्परागत शिक्षा विधि अपग्रेड गर्न आवश्यक महसुस गर्दै नीमा एकेडेमीले आधुनिक प्रविधिको साथ आफ्नो विशेषज्ञतालाई मिलाएर विद्यमान शिक्षा प्रणालीमा डिजिटल प्रभाव सिर्जना गर्न प्रयास गर्दैछ ।

नीमा एकेडेमीलेयसप्रयासलाई समर्थन गर्दै, अद्वितीय LMS (Learning Management System) प्रणालीद्वारा रमाईलो र अन्तर्क्रियात्मक वातावरणमा नवीन शिक्षा समाधानहरू उत्पादन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment