+

शाहिद अफ्रिदीले नेपालमा ईपीएल क्रिकेट खेल्ने

२०७८ साउन  ११ गते १३:२२ २०७८ साउन ११ गते १३:२२
शाहिद अफ्रिदीले नेपालमा ईपीएल क्रिकेट खेल्ने

११ साउन, काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् ।

ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो ।

४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी-२० आई खेलेका छन् ।

पाकिस्तानका पूर्वकप्तान समेत रहेबा अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन् । उनले पछिल्लो पटक मुल्तान सुल्तानबाट पाकिस्तान सुपर लिग खेलेका थिए ।

आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

शाहिद अफ्रिदी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय