+
+
Shares

कैलालीमा साउन २१ गतेसम्म निषेधाज्ञा थप 

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १४:११
फाइल तस्वीर : धनगढी

११ साउन, धनगढी । कैलालीमा साउन २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा साउन २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने जनाइएको छ ।

जारी आदेशमा पूर्वनिर्धारित लिखित तथा प्रयोगात्मक परीक्षा एउटा कोठा वा हलमा २५ जना भन्दा बढी व्यक्ति नहुने गरी दिने व्यवस्था मिलाउने, एउटा सिफ्टका परीक्षार्थी बाहिरिएपछि मात्र अर्को सिफ्टका परीक्षार्थी राख्ने मिल्ने गरी समय मिलाउन भनिएको छ ।

विभिन्न गोष्ठी तथा तालिम, सेमिनार, बैठक, प्रशिक्षणजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गराउने, भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्था भए २५ जनामध्ये बढी मानिस सहभागी नगराउने, घर बाहिर निस्किँदा अनिवार्य दुई मिटरको दूरी कायम गर्दै मास्कको प्रयोग गर्न पनि आदेशमा उल्लेख छ ।

जनस्वास्थ्यका मापदण्डको पालन गरेर मध्यम तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्न पाइने तर त्यस्ता सवारीसाधनले यात्रुहरुको नामावली र सम्पर्क नम्बरहरु प्रस्थान बिन्दु र गन्तव्य बिन्दुका ट्राफिक प्रहरी पोष्टमा अनिवार्य टिपाउनुपर्ने व्यवस्था गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?