+
+
Shares

अफिम कारोबारको आरोपी ५ महिनापछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते २०:४१

११ साउन, वीरगञ्ज । अवैध लागु औषध अफिम बिक्री गरेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

८ किलो ५० ग्राम अफिम बिक्री गरेको आरोप लागेको झण्डै ५ महिनापछि पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षा बस्ने ५३ वर्षीय अमजद मियाँ चुरिहार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पोखरियाले ०७७ असोज २० गते पर्साको कालिकामाई गाउँपालिका–१ तिनडोबियाबाट ८ किलो ५० ग्राम अफिम बरामद गरेको थियो । स्थानीय ४० वर्षीय खोभारी प्रसादको घरको सोफामुनि कपडामा बाँधेर राखेको ५० ग्राम र मेनेजर राउत कुर्मीको धान खेतमा सेतो प्लाष्टिकको झोलामा ८ किलो अफिम बरामद भएको थियो ।

अनुसन्धानका क्रममा खोभारीको बुवा गम्भिरा राउत कुर्मी, गाउँकै सैमुल्लाह आलम भन्ने मरफि मियाँ र ३५ वर्षीय नजिर आलम समेत घटनामा संलग्न रहेको तथ्य खुलेको थियो । उनीहरुले भारतीय तस्करको लगानीमा योजनाबद्ध रुपमा अमजदसँग अफिम खरिद गरेको बयान दिएका थिए ।

घटनापछि फरार रहेका अमजदलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

‘घटनापछि अमजद भारतको पश्चिमी चम्पारण पंचरुखी ससुराली गएर लुकेर बसेका थिए, भारतीय प्रहरीको सहयोगमा त्यतिबेलै पक्राउ गरेर ल्याउन खोज्दा स्थानीयले गाडीबाट छुटाएका थिए’ उनले भने, ‘सोमबार दिउँसो सोनवर्षामै लुकीछिपी बसको अवस्थामा पक्राउ गर्न सफल भएका छौं ।’

चुरिहारसँग सस्तो मूल्यमा खरिद गरेर भारतमा बेच्न लग्ने योजना प्रहरीको छापामारीपछि तुहिएको थियो । उनीहरुले भारत बिहार राज्य पश्चिमी चम्पारण जिल्ला मोतिहारी स्टेशन बस्ने ६० वर्षीय दिनेश गुप्ता, बिहार राज्य पश्चिमी चम्पारण जिल्ला बेतिया सिक्टा बस्ने २५ वर्षीय राकेश राय भर र बेतियाकै २८ वर्षीय महेश राय भरलाई लागुऔषध बिक्री गर्नेगरी योजना बनाएका थिए ।

घटनामा संलग्न भनिएका अन्य अभियुक्त फरार छन् । उनीहरु भारतमा नै लुकेर बसेका छन् । भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका खोभारी पर्सा जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि वीरगञ्ज कारागारमा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?