Comments Add Comment

हिडिलिन डियाले जितिन् फिलिपिन्सको लागि पहिलो ओलम्पिक स्वर्ण

११ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिलिन डियाले आफ्नो देशको लागि ओलम्पिकमा पहिलो स्वर्ण जितेकी छन् । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा डियाजले सोमबार भारोत्तोलनको महिला ५५ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् ।

उनले चौथो पटक ओलम्पिकमा सहभागिता जनाउँदै ऐतिहासिक उपलब्धि हासिल गरिन् । ३० वर्षीया डियाजले कूल २२४ वजन उठाउँदै स्वर्ण जितिन् । यो ओलम्पिकमा कीर्तिमान पनि हो ।

उनले तीनकी लियाओ कियुयुनसंग निकै प्रतिस्पर्धात्मक खेलमा अन्तिम लिफ्टमा विपक्षीलाई पछि पारिन् । ऐतिहासिक सफलतापछि उनले आफ्नो हातले अनुहार छोपिन् र आँशु रोक्न सकिनन् । त्यसपछि आफ्ना प्रशिक्षकलाई अंगालो हालिन् ।

डियाजले क्लिन एण्ड जर्कमा १२७ केजी वजन उठाइन् । जुन चीनकी लियाओ भन्दा १ केजीले मात्र बढी थियो । उनले क्लजियन एण्ड जर्कमा पनि ओलम्पिक कीर्तिमान बनाइन् । चीनकी लियाओले कूल २२३ केजी वजन उठाउदै रजत जितिन् । कजाखस्तानकी जुलफिया चिनसान्लोले २१३ केजी उठाउदै कास्य जितिन् ।

चिनसान्लोले सन् २०१२ को लण्डन ओलम्पिकमा स्वर्ण जितेकी थिइन् तर २०१६ मा डोपिङमा असफल भएपछि उनको पदक खोसिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment