+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
८३ बलमा ६० रन आवश्यक
विराटनगर किंग्स 2025
88/0 (6.1)
Shares

मध्यपहाडी लोकमार्ग ठेक्कामा योजना प्रमुख र ठेकेदारविरुद्ध ६८ लाखको भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १२ गते १७:२५

१२ साउन, काठमाडौं । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन आयोजना प्रमुख र ठेकेदारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईं, ठेकेदार रवि सिंहसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारले जनाएको छ ।

एउटा ठेक्‍काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्‍काबाट काम गराई विल तयार पारी भुक्तानी लिने/दिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरिएको अख्तियारको दावी छ ।

अख्तियारले योजना प्रमुख विजय चापागाईं, तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्र प्रसाद राउत, ठेकेदार महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहसँग ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा विगो माग दावी गरेको छ । त्यस्तै तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयालसँग २१ लाख ४९ हजार ८१८ रुपैयाँ विगो माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?