+
+
Shares

महोत्तरीमा बिदाका दिन सरकारी गाडी चलाउन जिल्ला प्रशासनको पास चाहिने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १२ गते २०:०८

१२ साउन, जनकपुरधाम । महोत्तरीमा सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने भएको छ । बिना पास सवारी साधन चलाएको पाइए सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन बिना अनुमतिको सरकारी नम्बर प्लेटको सवारी साधन नचलाउन भनेको छ । जिल्लाका सबै स्थानीय तह, सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानका सवारी साधनलाई बिदाका दिन अनुमति लिनुपर्ने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

‘कोही कसैले सार्वजनिक बिदाको दिन सरकारी साधनको प्रयोग गरेको पाइएमा तथा सरकारी कामबाहेक अन्य प्रयोजनमा प्रयोग भए गरेको पाइएमा खटिएका सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिने व्यवस्था मिलाइएको व्यहोरा समेत अनुरोध छ,’ सूचनामा भनिएको छ ।

सरकारी अस्पताल, सरकारी एम्बुलेन्स तथा सुरक्षा निकायका सवारी साधनलाई भने अनुमति लिनु नपर्ने भएको छ । यस्तै, सरकारी कार्यको सिलसिलामा काठमाडौं लगायत विभिन्न जिल्लामा जानुपर्ने भएमा समेत अनिवार्य रुपमा अनुमतिपत्र लिन भनिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?