+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

चिनियाँ प्रधानमन्त्रीले देउवालाई भने : हामी एउटै डुङ्गाका यात्री

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते २२:०१

१३ साउन, काठमाडौं । चीनका प्रधानमन्त्री लि खछयाङले नेपाल र चीनबीच एउटै डुंङगाका यात्री झै नजिकको सम्बन्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार एक बधाई सन्देशमार्फत चिनियाँ प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्हाका अनुसार खछ्याङले चीन विभिन्न क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

चिनियाँ प्रधानमन्त्रीले भने,‘नेपाल र चीन हिमाल र नदीको जोडिएका मैत्रीपूर्ण मुलुकहरु हुन् र उनीहरु एकै डुंङगाका यात्रु झै नजिक उभिएका छन् ।’ चिनियाँ प्रधानमन्त्रीले कोरोना खोपविरुद्धको चुनौती सामना गर्न, बिआरआई अन्तर्गत उच्च गुणस्तरको सहकार्य गर्न, विभिन्न क्षेत्रमा पारस्परिक सहयोग बढाउन नेपालसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् । त्यसैगरी दुई देशको बीचमा रहेको रणनीतिक साझेदारीलाई सुदृढ बनाउने सम्बन्धमा पनि कुराकानी भएको थियो ।

चिनियाँ प्रधानमन्त्रीसँगको टेलिफोन वार्ताबारे एक ट्वीट गर्दै प्रधानमन्त्री देउवाले आफूलाई बधाइ दिएकोमा धन्यवाद भनेका छन् । देउवाले चीनसँग द्धिपक्षीय सम्बन्ध सुदृढ गर्न मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

देउवा प्रधानमन्त्री भएको दुई हप्तापछि चिनियाँ प्रधानमन्त्रीले बधाइ दिएका हुन् । यस अगाडी काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले देउवासँग भेट गरी बधाइ दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?