१५ साउन, काठमाडौं । विश्व नम्बर वान टेनिस खेलाडी नोभाक जोकोभिचको गोल्डेन स्लाम जित्ने सपना सकिएको छ ।
जापानमा भइरहेको टोकियो ओलम्पिक अन्तर्गत पुरुष सिंगल्स सेमिफाइनलमा सर्वियाका जोकोभिच जर्मनीका अलेक्जान्डर जेभरेभसँग पराजित हुँदै बाहिरिएका छन् ।
यस वर्षको तीनवटै ग्राण्डस्लाम जितेका जोकोभिचले अन्तिम वर्षको सबै चार ग्राण्डस्लाम जितेका जोकोभिच र ओलम्पिक जित्दै गोल्डेन स्लाम बनाउने लक्ष्य राखेका थिए । वर्षको अन्तिम ग्राण्डस्लाम युसएस ओपन खेल्न बाँकी छ । त्यसअघि उनी ओलम्पिकमा पनि गोल्ड मेडल जित्ने लक्ष्यका साथ जापान पुगेका थिए ।
तर सेमिफाइनलमा सुरुवाती सेट जितेपनि पराजित भए । जेभरेभले उत्कृष्ट पुनरागमन गर्दै जोकोभिचलाई २-१ को सेटमा हराए । पहिलो सेट जोकोभिचले ६-१ ले जितेका थिए ।
त्यसपछिका दुई सेट जेभरेजले ६-३, ६-१ ले जित्दै जोकोभिचलाई हराएर फाइनल प्रवेश गरे ।
अब जेभरेभले फाइनलमा रसियन ओलम्पिक कमिटीका कारेन खाचोनोभसंग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4