Comments Add Comment

गोरखा दरबार पुननिर्माणको बाँकी कामको लागत तयार पारिँदै

१६ साउन, गोरखा । गोरखा दरवार पुनर्निर्माणको बाँकी कामको लागत अनुमान तयार गर्न पुरातत्व विभागको टोली गोरखा आएको छ । पूरातत्व अधिकृत मञ्जु सिं भण्डारी नेतृत्वको प्राविधिक टोली शुक्रबार गोरखा दरबार पुगेर लगत संकलन शुरु गरेको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ ।

‘दरवार भित्र फिनिसिङको काम कति बाँकी छ हे¥यौं, पाटेसन कसरी गर्ने भनेर सुसारे र पुजारीहरुसँग छलफल पनि ग¥यौं,’ पुरातत्व अधिकृत भण्डारीले भनिन्, ‘पुरानो सामान कति प्रयोग गर्न मिल्छ त्यो पनि हेर्छाै अनि कति खर्च लाग्छ निकालेर त्यही अनुसारको ठेक्का आह्वान गर्छाै ।’ एक हप्तामा लगत स्टिमेट तयार हुने र ठेक्का प्रक्रिया अघि बढ्ने उनले बताइन् ।

समयमै काम सम्पन्न नगरेको भन्दै विभागले दरवार पुनर्निर्माणको ठेक्का पाएको निर्माण कम्पनी पचली भैरव सिभाको जेभीसँग ठेक्का सम्झौता तोडेपछि अहिले काम रोकिएको छ । दरवारको बाहिरी संरचना तयार भएपनि भित्री कामहरु अझै बाँकी छन् । बाँकी काम सम्पन्न गर्न नयाँ ठेक्का आह्वान गर्नुपर्ने भएकाले लगत स्टिमेटको काम थालिएको विभागकी पूरातत्व अधिकृत भण्डारीले बताइन् ।

कालिका र रंगमहल प्रबलीकरणका लागि ठेक्का स्वीकृत

गोरखा दरबारसँगै रहेको कालिका र रंगमहल भवन प्रबलीकरणका लागि ठेक्का स्वीकृत भएको छ । धर्म एसआरआर जेभीसँग ठेक्का स्वीकृत भएको पूरातत्व विभागले जनाएको छ । ‘एक करोड ९५ लाखमा ठेक्का स्वीकृत भएको छ, सम्झौताको प्रक्रियामा छौ,’ पुरातत्व अधिकृत भण्डारीले भनिन् ।

२०७९ असार मसान्तभित्र काम सक्नुपर्ने उनले बताइन् । ‘पहिलेको जस्तो सडक बनाउने ठेकेदार होइन, अहिलेको पूरातात्विक संरचना बनाउने काम गरिरहेको निर्माण कम्पनी भएकाले समयमै काम सकिन्छ भन्ने अपेक्षा गरेका छौ,’ उनले भनिन् । २०७२ सालको भूकम्पका कारण गोरखा दरबार सँगै कालिका र रंगमहल भवनमा समेत क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment