Comments Add Comment

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

१६ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् ।

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकता भई जनता समाजवादी पार्टी बनेपछि संसदीय दलको नेता चयन हुन सकेको थिएन । जसपामा विवाद बढेका बेला महन्थ ठाकुर पक्षले बहुमत सांसदको समर्थन जुटाएर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेको थियो ।

निर्वाचन आयोगबाट यादव पक्षले आधिकारिकता पाएपछि फेरि संसदीय दलको नेता चयन गरेको हो ।

संसदीय दलको नेतामा निर्वाचित यादव जसपाको अध्यक्ष समेत हुन् । डा. बाबुराम भट्टराई पार्टीको संघीय परिषद् अध्यक्ष छन् । जसपाको संसदीय दलको नेता छान्ने बैठकमा यादव समूहमा खुले २१ जना सांसदहरुको उपस्थिति रहेको थियो । यस्तै संसदीय दलको विधान अनुुसार राष्ट्रिय सभाको दलको नेता भने मनोनयन गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment