+
+

भारतीय पक्षले भन्यो : तुइनबाट नेपाली नागरिक खसेको घटनामा एसएसबीको संलग्नता छैन

जनक विष्ट जनक विष्ट
२०७८ साउन १६ गते १९:१४
महाकालीमा तुइन खसेको ठाउँ र इन्सेटमा नदीमा बेपत्ता भएका जयसिंह धामी ।

१६ साउन, धनगढी । महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदैसार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् ।

‘शुुक्रबार हामीले गरेको पत्राचारका आधारमा पिथौरागढका जिल्ला अधिकारीले आज लिखित जवाफ पठाउनुुभएको छ,’ दार्चुुलाका प्रमुख जिल्ला अधिकारी जोशीले अनलाइनखबरसँग भने, ‘तुुइन तर्न नसकेर युुवक आफैं खसेका हुुन् । बाहिर आएजस्तो एसएसबीको संलग्नता छैन । त्यो हाम्रो उद्देश्य पनि होइन भन्नुुभएको छ ।’

प्रमुुख जिल्ला अधिकारी जोशीले भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पत्रमा उल्लेख गरेको जानकारी दिए ।

‘ड्युटी गर्ने क्रममा हाम्रो एसएसबीको टोली त्यहाँ गएको हो, ’ पत्रमा उल्लेख भएको कुुरा बताउँदै प्रजिअ जोशीले भने, ‘तर उहाँहरुको घटनामा कुनै खालको संलग्नता छैन ।’

घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको जनाएको छ । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका छन् ।

शुुक्रबार बिहान भारतीय भूूमिबाट सदरमुुकाम खलंगा आउने बेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका थिए ।

प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताएपछि स्थानीय प्रशासनले शुुक्रबार भारतीय एसडीम कार्यालयलाई पत्राचार गर्दै घटनाको छानविन गरेर सहयोग गरिदिन आग्रह गरेको थियो ।

जयसिंहलाई तुुइनमा राखेर नदी पार गराएको बताउने व्याँसकै कल्यानसिंह धामीले समेत एसएसबीले रुखमा बाँधिएको डोरी निकालेपछि उनी नदीमा खसेको बताएका छन् । शुुक्रबार बिहान नदीमा खसेका धामीको अवस्था भने अझै अज्ञात छ ।

उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण नम्बर ४४ गण र राष्ट्रिय अनुुन्धान जिल्ला कार्यालयबाट टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घटनाको छानविनका लागि शुुक्रबार गृह मन्त्रालयले समेत टोली गठन गरिसकेको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?