+

महिला एसियन कप छनोट : नेपालको पहिलो खेल फिलिपिन्ससँग

२०७८ भदौ  १ गते १६:२८ २०७८ भदौ १ गते १६:२८
महिला एसियन कप छनोट : नेपालको पहिलो खेल फिलिपिन्ससँग

१ भदौ, काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत समूह एफमा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने जनाएको छ ।

छनोट अन्तर्गत नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ । समूह एफमा नेपाल र फिलिपिन्ससँगै हङकङ पनि छ । यस्तै नेपालले दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१ मा खेल्नेछ ।

फिलिपिन्स र हङकङ दुवै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । फिलिपिन्स र हङकङबीच समूहको अन्तिम खेल सेप्टेम्बर २४ मा हुनेछ ।

छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियम तास्केन्तमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । यस समूहको खेल शुरुमा नेपालमा हुने भनिए पनि पछि न्युट्रल भेन्युमा सारिएको हो ।

एसियन कप २०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुनेछ । अहिले नेपालले छनोटका लागि बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेको छ । बन्द प्रशिक्षणमा २८ खेलाडी छन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी

अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमिषा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हिमा चौधरी, हीरा भुजेल, इन्द्र राई, मनिषा राउत, मन्जली थोकर, निशा थोकर, प्रीति राई, पूजा राना, पुनम जर्घामगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बु, शर्मिला थापा र सिर्जना सिंह ।

एएफसी महिला एसियन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय