+
+

सर्लाहीमा मृत भेटिएकी किशोरीको हत्या गरेको पुष्टि

दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १७:३४

२ भदौ, जनकपुरधाम । सर्लाहीको लालबन्दीमा मृत फेला परेकी किशोरीको हत्या भएको खुलेको छ । हत्यामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

३१ साउनदेखि हराइरहेकी लालबन्दी नगरपालिका–१७, रानीगञ्ज निवासी १६ बर्षकी प्रियंका भुजेल मंगलबार मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको शव लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर खोला छेउमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला परेकी प्रियंकाको हत्या गरेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका १७ का १८ बर्षीय किसन साह र १९ बर्षीय अनिष दाहाल रहेको प्रहरीले जनाएको छ । दुबै जनाले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारेको डीएसपी बुढाथोकीले जानकारी दिए ।

‘प्रियंकाको हत्या गरेर शव गाडेको दुबैले स्वीकार गरेका छन्’ डीएसपी बुढाथोकीले भने, ‘हत्याको कारण खोज्ने प्रयास भइरहेको छ ।’

किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?