+
+

सेप्टेम्बर २७ बाट यी एन्ड्रोइड फोनमा चल्ने छैन गुगल र युट्युब

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १३:५०

यदि तपाईंले पुरानो मोडलको स्मार्टफोन प्रयोग गरिरहनु भएको छ भने यो खबर तपाईंका लागि निकै महत्वपूर्ण रहेको छ । गुगलले अब एन्ड्रोइडको २.३.७ र त्यो भन्दा पुरानो संस्करणको अपरेटिंग सिस्टम रहेका एन्ड्रोइड फोनहरुमा आफ्नो सेवा बन्द गर्दैछ ।

आगामी सेप्टेम्बर २७ देखि गुगलले त्यसको सुरुआत गर्न लागेको छ । त्यो सँगै उक्त पुरानो भर्सनको एन्ड्रोइड अपरेटिंग सिस्टम रहेका स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोनमा गुगल ड्राइभ, गुगल अकाउन्ट तथा युट्युब पनि हेर्न पाउने छैनन् ।

सेप्टेम्बर २७ पछि स्मार्टफोनमा गुगलका सेवा प्रयोग गर्नका लागि एन्ड्रोइडको कम्तिमा पनि ३.० वा त्योभन्दा पछिल्लो संस्करण हुनु आवश्यक छ । यद्यपि यसमा पनि गुगलले केही राहत प्रदान गरेको छ ।

पुरानो भर्सनमा गुगल एपहरु प्रयोग गर्न नसकिएपनि ब्राउजरका माध्यमबाट जिमेल अकाउन्ट चलाउन सकिनेछ । तर २.३.७ र त्यो भन्दा पूराना एन्ड्रोइड भर्सनका स्मार्टफोनमा गुगल एपमा लगइन गर्न सकिनेछैन । लगइन गर्ने प्रयास गर्दा error को संकेत देखाउनेछ ।

गुगलले पुरानो एन्ड्रोइड भर्सन प्रयोग गरिरहेका प्रयोगकर्ताहरुलाई लक्षित गर्दै इमेल पठाएको छ र आफ्नो फोनलाई अपग्रेड गर्न आग्रह गरिसकेको छ । अब पूरानो भर्सनको एन्ड्रोइड भएको स्मार्टफोन चलाइरहेका प्रयोगकर्ताले कि त ३.० वा सो भन्दा नयाँ संस्करणको एन्ड्रोइड भर्सन आफ्नो स्मार्टफोनमा अपडेट गर्नुपर्नेछ वा त्यो अपडेट हुन नसकेमा नयाँ स्मार्टफोन खरीद गर्नुको विकल्प हुनेछैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?