+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

टाटा बी एस ६ कारको लागि टाटा केयर क्याम्प

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते २०:२३

नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङले टाटाको बी एस ६ कारहरु सम्बन्धित सम्पूर्ण जाँच गर्ने टाटा केयर क्याम्पको आयोजना गर्ने भएको छ। टाटा केयर क्याम्प सिप्रदीको काठमाडौंस्थित सोल्टीमोड र बागडोल आधिकारिक वर्कशपमा यही भदौ ७ गते देखि भदौ ११ गतेसम्म क्याम्प सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ।

सिप्रदी टेडिङ ग्राहक सेवाका मुख्य प्रबन्धक कुमार भण्डारीका अनुसार बी एस ६ गाडीहरुमा नयाँ प्रविधीको प्रयोग भएकोले यी गाडीहरुलाई अरु गाडीहरु भन्दा भिन्दै टेक्नोलोजी प्रयोग गरी सर्भिस गर्नुपर्ने हुन्छ।

त्यसैले टाटाको बि एस ६ गाडीको ग्राहकहरुलाई ध्यानमा राखेर सर्भिसिङमा सहजीकरण गर्न क्याम्प आयोजना गरिएको भण्डारीले जानकारी दिए। साथै उनले यो क्याम्प बी एस ६ गाडीका ग्राहकहरुलाई लागि निकै फलदायी हुने भएकाले क्याम्पमा सहभागी हुन आग्रह गरेका छन्।

यस टाटा केयर क्याम्प अन्तर्गत टाटा बी एस ६ कारहरुको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ। लेवर चार्जमा ५० प्रतिशत छुट, फ्री टप वाशिङ, स्पेयर पार्ट्समा १५ प्रतिशत छुट, म्याक लुब्रीकेन्ट्समा १५ प्रतिशत छुट र जेनुइन सामानहरुमा १५ प्रतिशत छुट यस केयर क्याम्पको प्रमुख विशेषता छन्।

निःशुल्क १० पोइन्ट चेकअप, निःशुल्क ब्याट्री र इलेक्ट्रिक चेकअप, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क सस्पेन्सन चेकअप, निःशुल्क ब्रेक चेकअपको साथै यस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?