+
+

टुसालबाट बी डिभिजन लिग खेलेका गोलकिपर रोशन थ्री स्टारमा अनुबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १३:१३

६ भदौ, काठमाडौं । थ्रीस्टार क्लबले नयाँ सिजनअघि गोलकिपर रोशन गुरुङलाई अनुबन्ध गरेको छ । टुसाल युथ क्लबबाट यसअघि बी डिभिजन लिग खेलेका रोशनलाई थ्रीस्टारले ए डिभिजन लिगका लागि भित्र्याएको हो ।

रोशनलाई आइतबार अनुबन्ध गरेको ललितपुरको क्लब थ्री स्टारले जनाएको छ । सन् २०१६ मा सानोगौचरण युथ क्लबबाट सी डिभिजन खेल्दै फुटबल करिअर शुरु गरेका रोशनले त्यसपछि प्लानिङ ब्वाइजबाट सी डिभिजन नै खेलेका थिए ।

ओखलढुंगाका गुरुङले त्यसपछि बी डिभिजन लिग टुसाल युथ क्लबबाट खेले । टुसालमा उनको प्रदर्शनबाट प्रभावित भएर थ्रीस्टारले आसन्न ए डिभिजनका लागि अनुबन्ध गरेको हो ।

उनले थ्रीस्टारबाट खेल्ने आफ्नो सपना पूरा हुन लागेकोमा निकै खुशी लागेको बताए । ए डिभिजन लिग कात्तिक २९ गतेदेखि शुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?