+
+

इन्स्टाग्राममा आउँदै नयाँ फिचर, स्टोरीजलाई पनि लाइक गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १३:४८

लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्राममा एक नयाँ फिचर थप हुने भएको छ । समाचार अनुसार इन्स्टाग्रामले एक नयाँ लाइक बटन थप गर्दैछ जसबाट इन्स्टाग्राम स्टोरीजमा पनि लाइक गर्न सकिनेछ ।

अहिलेसम्म इन्स्टाग्राम स्टोरीजमा रिएक्ट गर्नका लागि कुनै खास बटन उपलब्ध नभएकोमा इन्स्टाग्रामले त्यसको अभाव पूरा गर्न लागेको हो ।

उक्त नयाँ लाइक बटन main story पेजमा देखिनेछ । प्रयोगकर्ताले आफुलाई मन परेको कुनै इन्स्टाग्राम स्टोरीजमा कैयन् पटक लाइक गर्न सक्नेछ । सार्वजनिक भएको एक स्क्रिनसट अनसार लाइक बटन टेक्स्ट बारको छेउँमै हुनेछ । लाइक बटन क्लिक गर्दा एनिमेसन पनि देखिनेछ ।

एक अर्को रिपोर्ट अनुसार आफ्नो स्टोरीजमा लाइक बटन प्राप्त गर्दा प्रयोगकर्तालाई कुनै प्राइभेट मेसेज आउनेछैन । तथापि स्टोरीजसँगै कूल लाइक्सको संख्या र लाइक गर्नेहरुको नाम देखिनेछ ।

इन्स्टाग्रामको यो नयाँ फिचर हाल परीक्षणको चरणमा रहेको र आम प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुन्छ भन्ने तय नभएको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?