+
+

जब कर तिर्न आँचल कर कार्यलय पुगिन्…

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १७:२८

नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा काम गर्ने कलाकारहरुले लाखौं पारिश्रमिक लिएको चर्चा हुने गर्दछ । तर, कलाकारहरुले कर तिरेको खबर भने सार्वजनिक हुँदैन । यसैले पनि यति धेरै पारिश्रमिक लिने कलाकारहरुले कर किन तिर्दैनन् भन्ने प्रश्न उठ्ने गरेको छ ।

तर, नायिका आँचल शर्मा भने लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको कार्यलयमा कर वुझाउन पुगेको भिडियो अहिले चर्चामा छ । कर कार्यलयका कर्मचारीले भिडियो खिचेर सामाजिक संजालमा पोष्ट गरेपछि अहिले यो भिडियोको बिषयमा चर्चा परिचर्चा भएको छ ।

आँचललाई कर कार्यलयका कर्मचारीले अफिस कस्तो लाग्यो भनेर सोधेका छन् । जसमा आँचलले सेवा निक्कै नै राम्रो लागेको भनेर प्रतिक्रिया दिएकी छिन् । आँचलले नमस्कार गर्दै कर कार्यलय आउन पाउँदा खुशी लागेको भन्दै कर्मचारीसँग प्रशन्न मुद्रामा कुरा गरेकी छिन् ।

यो भिडियोलाई अर्थ मन्त्रालयका उप–सचिव कर्ण तिमिल्सिनाले ट्विटरबाट सार्वजनिक गरेपछि विभिन्न प्रतिक्रिया आएका छन् । उनले ‘एकजना नयाँ करदाता थपिएको’ भन्दै क्याप्सन लेखेका छन् । अधिकांश प्रयोगकर्ताले आम जनतालाई भने कर तिर्न जाँदा पनि सास्ती भोग्नु परेको तर नेता, कलाकारलाई भने न्यानो आतिथ्यता मिल्ने गरेको भन्दै सबैलाई एउटै व्यवहार गर्न आग्रह गरेका छन् ।

नेपाली चलचित्रका कलाकारले लाखौंंं पारिश्रमिक वुझेपनि कर तिर्न आनाकानी गरिरहेको समयमा कर कार्यलय पुगेकी आँचललाई देखेर कर्मचारी नै आश्चर्यमा पर्नु स्वभाविक नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?