
कतिपय मानिसहरुसँग धन र मन दुवै हुँदोरहेछ । उनीहरुले दील फुकाएर दान दातव्य गर्दा रहेछन् । अमेरिकामा हालै एकजना व्यक्तिले रेष्टुरेन्टमा दिएको लाखौँको टिप्स चर्चाको विषय बनेको छ ।
फ्लोरिडास्थित वाहू सीफूड ग्रिल नामक रेष्टुरेन्टमा गएका एक ग्राहकले झण्डै १७ हजार रुपैयाँ बराबरको खानेकुरा खाए । तर जब बिल भुक्तानी गर्ने बेला भयो उनले बिलको सो रकमसँगै थप झण्डै १२ लाख रुपैयाँ बराबरको रकम वेटरलाई टिप्स स्वरुप प्रदान गरे ।
रेष्टुरेन्टका सबै कर्मचारीहरुको सेवा निकै राम्रो लागेको भन्दै उनले सबै कर्मचारीले बाँडीचुँडी लिउन् भनेर १० हजार अमेरिकी डलर टिप्स दिएका हुन् । जबकि उनको जम्मा झण्डै १४५ डलरको बिल उठेको थियो ।
फ्लोरिडाको गेइन्सभिलेमा रहेको सो रेष्टुरेन्टले ती दानी ग्राहकले दिएको १० हजार डलर टिप्सको बारेमा इन्स्टाग्रामबाट खुलासा गरेको छ ।
रेष्टुरेन्टले इन्स्टाग्राम पोस्टमा भनेको छ- एकजना ग्राहक रेष्टुरेन्टमा आए । खानेकुरा खाइवरी सकेपछि उनले रेष्टुरेन्टका सबै कर्मचारीहरुसँग कुराकानी गर्ने इच्छा प्रकट गर । त्यसपछि सबै कर्मचारीहरु डाइनिङ एरियाको नजिकै जम्मा भए । उनले सबै कर्मचारीहरुको कडा मेहेनतको तारिफ गरे र उनीहरुको सेवाको लागि धन्यवाद दिए ।
रेष्टुरेन्टका अनुसार सबै स्टाफसँग कुराकानी गरेपछि उनले रेष्टुरेन्टका सबै कर्मचारीलाई आफुले एक एक हजार डलर टिप्स दिने खुलासा गरे । अनि बिल भुक्तानीका क्रममा उठेको बिलमा थप १० हजार डलर टिप्स थपेर भुक्तानी गरे । त्यो रकम रेष्टुरेन्टमा कार्यरत १० जना कर्मचारीले बराबर बाँडे ।
रेष्टुरेन्ट मालिक शन शेर्फडले भनेको छन्- उनको यस्तो व्यवहारले हामी चकित थियौँ । त्यसक्रममा ती ग्राहकको व्यवहारले म निकै भावुक पनि भएँ । उनको उदारताबाट म निकै खुसी छु ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4