+
+

विमलेन्द्र निधिले बानेश्‍वरमा खोले सम्पर्क कार्यालय

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ भदौ ११ गते १३:५४

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् ।

कांग्रेसको सभापति पदमा उम्‍मेदवारी दिने निर्णयगरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्‌घाटन गरेका हुन् । उनको सम्पर्क कार्यालयको उद्‌घाटनमा कांग्रेसका नेताहरु उपस्थित भएका छन् ।

उनले सभापति शेरबहादुर देउवालाई आफू पनि सभापति पदमा उम्मेदवारी दिने जानकारी गराइसकेका छन्। तर, देउवाले भने सभापतिमा दाबेदारी नगर्न ग्रह गर्दै आएका छन्। देउवाका विश्वासपात्र मानिएका निधिले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने घोषणा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?