+
+

दमन रुपाखेतीलाई पितृशोक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १६:०२

हास्य कलाकार एवं टेलिसिरियल निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ । उनका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा शुक्रबार बिहान १० बजे थानकोटस्थित घरमै आकस्मिक निधन भएको हो ।

मृतक रुपाखेतीको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको कलाकार उत्तम केसीले जानकारी दिए । मृतक रुपाखेती त्रिभुवन विश्वविद्यालयको नेपाली विषयका प्रोफेसर थिए । उनले गोत्रबारे पुस्तक समेत लेखेका छन् ।

उनका चार सन्तानमध्ये दमन साईलो हुन् । थुप्रै टेलिसिरियल, केही चलचित्र, गाईजात्रा कार्यक्रम, म्युजिक भिडियोमा काम गरेका दमन पछिल्लो समय हास्य टेलिसिरियल ‘मेरी बास्स’को निर्देशक एवं कलाकारका रुपमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?