
११ भदौ, मकवानपुर । प्रहरीले ४४ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनहरी गाउपालिका-५ डिल्लिपुर बस्ने २४ वर्षीय रामचन्द्र मोक्तान र सोही गाउपालिकामा बस्ने २२ वर्षीय अर्जुन लोप्चन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउपालिका-५ जय सिंहस्थित खोलाको किनारामा ४४ किलो गाँजाको भारी बोकी हिंडिरहेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4