+
+

नेपालसँग हुने मैत्रीपूर्ण फुटबलका लागि भारतीय टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १७:०५

११ भदौ, काठमाडौं । नेपालसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक इगोर स्टिमाकले शुक्रबार २५ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाल र भारतबीच यही भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुँदैछन् । नेपाली टोली हाल पोखरामा बन्द प्रशिक्षणमा छ । नेपाल आउने भारतीय टोलीमा सुनिल क्षेत्री लगायत खेलाडी छन् ।

२५ सदस्यीय भारतीय फुटबल टिम

गोलकिपर : अमरिन्द्र सिंह, धीरज सिंह मोइराङथेम, गुरप्रीत सिंह सन्धु

डिफेण्डर : प्रितम कोटल, चिङलेसाना सिंह कुसुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सिरिटो फर्नान्डेज

मिडफिल्डर : लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह, प्रणय हाल्दर

फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?