+
+

म्यानचेष्टर युनाइटेड फर्किन सहमत भए रोनाल्डो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते २१:४९

११ भदौ, काठमाडौं । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेष्टर युनाइटेड फर्किने भएका छन् । युभेन्टसमा रहेका उनलाई पुनः क्लबमा भित्र्याउने सहमति भएको इंग्लिस क्लब युनाइटेडले बताएको छ ।

रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटेडबाट खेलेका थिए । त्यसक्रममा उनले तीन प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग र क्लब वर्ल्डकपको उपाधि दिलाए । युनाइटेडका लागि २९२ खेल खेलेका उनले ११८ गोल गरेका थिए ।

२३ वर्षको उमेरमा पहिलो पटक २००८ मा बा’लोन डिओर अवार्ड जितेका उनी त्यसबेलाको कीर्तिमानी मूल्य ८० मिलियन युरोमा स्पानिस क्लब रियल मड्रिड गएका थिए ।

मड्रिडमा रहँदा उनले १५ उपाधि जिते, जसमा दुई ला लिगा, दुई कोपा डेल रे, चार च्याम्पियन्स लिग छन् । उनी क्लबका सवार्धिक गोलकर्ता बने ।

उनले २०१३, २0१४, १०१६ र १०१७ मा बालोन डिओर अवार्ड जिते । ३० वर्षको उमेरमा इटालिनय क्लब युटेन्टस पुगे । युटेन्टसबाट सिरी एको दुई उपाधि जितेका उनको च्याम्पियन्स लिग यात्रा भने सन्तोषजनक रहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?