
१४ भदौ, काठमाडौं । पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्ष चयन गर्ने जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।
वाईसीएलले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष चयन गर्ने जिम्मा माउ पार्टीका अध्यक्ष प्रचण्डलाई दिएको हो ।
माओवादी केन्द्रका एक नेताले अनलाइनखबरसँग भने, ‘वाइसीएल नेतृत्वका सन्दर्भमा सरसल्लाह गरी अध्यक्षले टुङ्गो लगाउने भन्ने भएको छ ।’
भदौ १२ गते शनिबार शुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि हालका उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुवोधराज शेर्पाली दावी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4