+
+

किरण केसीलाई ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १३:०५

यस बर्षको ‘वासुदेव लुइँटेल पुरस्कार’ हाँस्य कलाकार किरण केसीलाई प्रदान गरिने भएको छ । ‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ले कलाकार केसीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, प्रतिक चिन्ह र कदरपत्र सहित केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यो पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रदान गर्नेछ । हाँस्यब्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत सिर्जनशिल प्रतिभाहरुमध्येबाट एक जनाको छनोट गरि यो पुरस्कार प्रदान गरिदै आएको गुठीले जनाएको छ ।

कलाकार केसीले यो पुरस्कार प्राप्त गर्दा आफूमा अझै दायित्व थपिएको बताउ । उनले भने–‘आगामी दिनमा यो सम्मानको मान बढ्ने काम गर्दै आफ्नो कलाकारिताको माध्यमबाट दर्शकहरुलाई अझै मनोरञ्जन प्रदान गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?