Comments Add Comment

ए डिभिजन लिग कात्तिक २९ देखि, विजेताले ७५ लाख पाउने

१७ साउन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको झण्डै दुई महिना पछि सरेको छ । यसअघि असोज ३ देखि हुने तय भएको प्रतियोगिता अब कात्तिक २९ अर्थात नोभेम्बर १५ देखि हुने भएको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरुबीच भएको छलफलले प्रतियोगिता पछाडि सार्ने निर्णय गरेको हो । आउँदो अक्टोबरमा साफ च्याम्पियनसिप आयोजना गर्नुपर्ने भएपछि घरेलु लिग पछि सारिएको एन्फाले बताएको छ ।

पुरस्कार राशी बढाइयो

यस वर्ष लिग विजेताले ७५ लाख रुपैयाँ पाउने भएको छ । यसअघि विजेताले ५० लाख रुपैयाँ पाउने तय भए पनि आइतबारको बैठकले पुरस्कार राशी बढाउने निर्णय गरेको एन्फाका एक अधिकारीले जानकारी दिए ।

त्यस्तै उपवेजताले ५० लाख, तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन् । लिग तयारीका लागि क्लबहरुलाई एन्फाले २० लाख रुपैयाँ दिनेछ । १४ क्लबबीच सिंगल राउन्ड रोविनमा हुने लिगको पुछारमा रहने दुई टिम बी डिभिजनमा घटुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment