+
फिफा विश्वकप २०२६ :

पानामालाई हराउँदै इंग्ल्यान्ड समूह विजेता

२०८३ असार  १४ गते ४:४९ २०८३ असार १४ गते ४:४९

न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्ड फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
  • न्यूयोर्क न्यू जर्सी रंगशालामा सम्पन्न खेलमा इंग्ल्यान्डले पानामालाई २–० गोलअन्तरले पराजित गरेको छ ।
  • खेलको ६२औं मिनेटमा जुड बेलिङ्घम र ६७औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोलीलाई विजयी बनाएका हुन् ।

१४ असार, काठमाडौं । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेको हो ।

इंग्ल्यान्डले खेलको ६२औं मिनेटमा पहिलो अग्रता लिएको थियो । जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्ड विजयी भयो ।

इंग्ल्यान्डले ३ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्यो । क्रोएसियाले ६ अंक जोड्दै दोस्रो र घाना ४ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । इंग्ल्यान्ड, क्रोएसिया र घाना नकआउट चरणमा प्रवेश गरे । पानामा जितविहिन रह्यो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय