+
फिफा विश्वकप २०२६ :

पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता

२०८३ असार  १४ गते ७:२४ २०८३ असार १४ गते ७:२४

मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा पोर्चुगललाई गाेलरहित बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता बनेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को विजेता बनेको छ ।
  • पोर्चुगलसँग बराबरी खेल्दै कोलम्बियाले तीन खेलबाट सात अंक जोडेर समूहको शीर्ष स्थान हासिल गरेको हो ।
  • समूहबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन् ।

१४ असार, काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को विजेता बनेको छ ।

मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा पोर्चुगललाई गाेलरहित बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता बनेको हो ।

कोलम्बियाले ५० प्रतिशतभन्दा बढी बल पोजिसन राखेपनि गोल गर्न सकेन । दोस्रो हाफको इन्जुरी समयमा कोलम्बियाले हानेको गोल अफसाइडका कारण गोलको मान्यता पाएको थिएन ।

कोलम्बियाले ३ खेलबाट ७ अंक जोड्यो । पोर्चुगलले ५ अंक जोडेर उपविजेता बन्दा डीआर कंगो ४ अंक बनाएर तेस्रो स्थानमा रह्यो । उज्वेकिस्तान अंकविहीन हुन पुग्यो ।

यो समूहबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन् ।

नकआउट चरणमा कोलम्बियाले घानासँग खेल्नेछ । पोर्चुगलले क्रोएसियाको सामना गर्नेछ । डीआर कंगोको भने प्रतिष्पर्धी टुंगिन बाँकी छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय