+
फिफा विश्वकप :

जोर्डन विरुद्ध बेन्चबाट आएर मेसीको गोल, बनाए अर्को कीर्तिमान

२०८३ असार  १४ गते ९:३३ २०८३ असार १४ गते ९:३३

डी बक्स भन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई ढलाउँदा रेफ्रीले फउल दिएका थिए । त्यसैमा मेस्सीले प्रहार गरेको लामो फ्री किकले जाली चुमेको हो ।

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डन विरुद्धको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले बेन्चबाट आएर गोल गरेका थिए ।

खेलमा ६० औं मिनेटमा मैदान मैदान प्रवेश गरेका अर्जेन्टिनी स्टार मेसीले ८० औं मिनेटमा  फ्री किकमार्फत गोल गरेका हुन् । मेसीको गोलपछि अर्जेन्टिनाले खेलमा ३-१ को अग्रता बनाएको छ ।

डी बक्स भन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई ढलाउँदा रेफ्रीले फउल दिएका थिए । त्यसैमा मेसीले प्रहार गरेको लामो फ्री किकले जाली चुमेको हो ।

यो जारी विश्वकपमा मेसीको छैटौं गोल हो । यसअघि उनले अल्जेरियासँग ह्याट्रिक र अस्ट्रियासँगको खेलमा दुई गोल  गरेका थिए । फिफा विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाइसकेका मेसीले विश्वकपमा कूल १९ गोल गरिसकेका छन् ।

मेसीले यस खेलमा अर्को कीर्तिमान पनि बनाए । उनी विश्वकपमा लगातार ७ खेलमा गोल गर्ने पहिलो खेलाडी समेत बने । उनले कतार विश्वकपमा लगातार चार र जारी विश्वकपमा लगातार तीन खेलमा गोल गरेका हुन् ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय